२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री शाहीको कमाल, यसरी जोगाए पद

कर्णालीका मुख्यमन्त्री शाहीको कमाल, यसरी जोगाए पद

पक्षमा २२ र विपक्षमा १५ मत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यससँगै मुख्यमन्त्री शाही नेतृत्वको माओवादीको सरकार जोगिएको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री शाहीको प्रस्तावमाथि आज शुक्रबार भएको मतदानमा कूल ३७ मत खसेकोमा प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो । सभामुखले शाही नेतृत्वको सरकारमाथि सभाको विश्वास रहेको घोषणा गरेका छन् ।

यसअघि, कर्णाली प्रदेशमा नेपाली कांग्रेसले माओवादीका पक्षमा उभिने निर्णय सुनाएको थियो । माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेश सभामा राखेको प्रस्तावमाथिको छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएकोबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु