२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाली युवाको यस्तो बग बाउन्टी प्लेटफर्म : बिगभी । शेयर गरौँ

नेपाली युवाको यस्तो बग बाउन्टी प्लेटफर्म : बिगभी । शेयर गरौँ

विश्वभरका इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ताले ‘बगभी’ प्रयोग गर्न सक्ने

नेपालमै पहिलोपटक व्यवसायिक बग बाउन्टी प्लेटर्फम बगभीले सेवा थालेको छ । नेपाली युवाहरुको कम्पनी साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सुलभ बनाउने प्रतिवद्धतासहित साइकर सुरक्षात्मक प्लेटर्फम विकास गरेर सार्वजनिक गरेको हो ।

अब विश्वभरका इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ताले ‘बगभी’मार्फत विभिन्न संस्था, कम्पनी र निकायका सिस्टम तथा सफ्टवेयरमा रहेका जोखिम पत्ता लगाउन सक्नेछन् । त्यसवापत कम्पनीले इथिकल ह्याकरलाई ‘रिवार्ड’ (पुरस्कृत) पनि गर्ने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए ।

नेपालका सूचना प्रविधि सम्बद्ध कम्पनीसहित विभिन्न संस्था र निकायले आफ्नो सिस्टमको सुरक्षात्मक पाटो ढुक्कसँग परीक्षण गराउन पनि सस्तो मूल्यमै पाउने उनको भनाइ छ । पत्ता लगाएका बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा लिने संस्था, कम्पनी र निकायहरुलाई पनि सहज हुने सिनिकलले बताएको छ ।

यसलाई विश्वब्यापी रुपमा प्रयोग हुने प्रोडक्ट बनाउने उद्देश्यले बगभी सार्वजनिक गरिएको संस्थापक लाम्गादेले बताए । ‘संस्था, कम्पनी र निकायहरुले बग पत्ता लगाउने जिम्मेवारी दिन सक्छन्, बग फेला पारेमा इथिकल ह्याकरले बगभीको प्लेटर्फममार्फत रिपोर्ट गर्न सक्छन्,’ उनले भने, ‘बगको प्रकृतिका आधारमा ह्याकरलाई निश्चित रकमसहितको रिवार्ड गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु