२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ अप्रील २० मा एप्पलले नयाँ आइप्याड ल्याउँदै

अप्रील २० मा एप्पलले नयाँ आइप्याड ल्याउँदै

यस्तो छ आइप्याड

एप्पलले आगामी अप्रिल २० मा यो वर्ष सन् २०२१ को आफ्नो पहिलो प्रडक्ट सार्वजनिक गर्दैछ । उक्त अवसरमा एप्पलले आफ्नो आइप्याड प्रो, आइप्याड मिनी र एयरपड्सका नयाँ संस्करण सार्वजनिक गर्ने बताइएको छ ।

उक्त भर्चुअल कार्यक्रमका लागि एप्पलले मंगलबार प्रेस निमन्त्रणा पठाएको छ । एप्पल पार्क मुख्यालय क्यालिफोर्नियाबाट हुने उक्त कार्यक्रमको मूख्य नारा स्प्रिंग लोडेड राखिएको छ । अप्रिल २० मा एप्पलले सुपर ब्राइट एलइडी डिस्प्ले सहितको आइप्याड प्रोको संस्करण ल्याउने अपेक्षा गरिएको छ । त्यस्तै ठूलो डिस्प्ले र सानो बेजेल्स सहितको नयाँ डिजाइनको आइप्याड मिनी पनि सार्वजनिक गर्ने ब्लुम्बर्गले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु