२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रधानमन्त्री ओलीको दाबी प्रतिगमन भएको छैन, सिमित मान्छेको चाहना पूरा नहुनु प्रतिगमन होइन

प्रधानमन्त्री ओलीको दाबी प्रतिगमन भएको छैन, सिमित मान्छेको चाहना पूरा नहुनु प्रतिगमन होइन

प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गरे ।

‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ’ उनले प्रश्न गरे ‘के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन, अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भने, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’ उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भने ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु