२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय मोबाइल फोन

आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय मोबाइल फोन

सर्वाधिक बिक्री

चालू वर्ष सन् २०२१ को पहिलो महिना जनवरीमा विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ । रिसर्च कम्पनी काउन्टर प्वाइन्टको रिपोर्टअनुसार जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा आइफोन १२ रहेको छ ।

एप्पलको आइफोन १२ शीर्ष स्थानमा रहँदा आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

क्वाउन्टर प्वाइन्टका अनुसार जनवरीमा एप्पलले बिक्री गरेका कूल स्मार्टफोनमध्ये ७१ प्रतिशत हिस्सा यी तीनवटा आइफोनको रहेको छ । विश्व बजारमा सर्वाधिक बिक्री भएका स्मार्टफोनको चौथो स्थानसमेत एप्पलकै आइफोन ११ ले कब्जा गरेको छ ।

स्मरण रहोस् आइफोन ११ सन् २०२० मा विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको थियो । गत वर्ष एप्पलले ६ करोड ४८ लाख गोटा आइफोन ११ बिक्री गरेको थियो ।

गत जनवरी महिनामा सर्वाधिक बिक्री हुने आइफोन १२ सिरिजलाई एप्पलले सन् २०२० को अक्टोबर महिनामा लञ्च गरेको थियो । फाइभ जी सपोर्टसँगै अपडेटेड डिजाइन र फ्लाट एजसँगै आएको आइफोन १२ ले विश्व स्मार्टफोन बजारमा एप्पललाई शीर्ष स्थानमा पुर्‍याउनसमेत सफल भएको छ । हालैको एक रिपोर्टअनुसार सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु