२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ शुभ दिनका लागि भगवान गणेशका यस्ता अद्भुत महिमा जान्नुहोस

शुभ दिनका लागि भगवान गणेशका यस्ता अद्भुत महिमा जान्नुहोस

दिन शुभ हुनेछ

हाम्रा पूरै धर्मग्रन्थहरुले गणेशजीलाई प्रथम पूज्यदेव भनेर मान दिइएको छ । त्यसैले जुनसुकै शुभ–कार्यको सबभन्दा पहिले गणेशजीको वन्दना गरिन्छ । भाद्र शुक्लपक्ष चतुर्थीको दिउँसो १२ बजे जन्मनुभएको श्रीगणेशजीलाई सबै देवताहरुको सम्मान र शक्ति प्राप्त छ । विघ्न हरण गर्ने एकमात्र देवताका रुपमा पूज्य गणेशजी सबै बाधा हटाइदिने र मनोकामना पूरा गरिदिनुहुने देवता हुनुहुन्छ । श्री गणेशजी निष्कपटता , विवेकशीलता , अवोधता एवम् निष्कलङ्कता प्रदान गरिदिनुहुने एकमात्र देवता हुनुहुन्छ ।

भगवान गणेशजीका सम्बन्धमा धेरै कथाहरु प्रचलित छन् । गणेशजीलाई गजानन गणेश भनाउनमा स्कन्दपुराणमा उल्लेखित अत्यन्तै प्रसिद्ध कथा यसप्रकार छ:

एक समय जब माता पार्वती मानसरोवरमा स्नान गरिरहनुभएको थियो तब उहाँले स्नानस्थलमा कोही आउन नसकुन् भनेर आफ्नो मायाले गणेशजीलाई जन्म दिएर “वाल गणेशलाई ” पहरा दिनका लागि नियुक्त गर्नुहुन्छ ।

त्यसैबेला भगवान शिव त्यहाँ आउनुहुन्छ । गणेशजीले शिवजीलाई रोकेर भत्रुहुन्छ कि तपाइँ त्यहाँ जान सक्नुहुत्र । यो सुनेर भगवान शिव अत्यन्तै रिसाउनुहुन्छ र गणेशजीलाई हट्नका लागि अनुरोध गर्नुहुन्छ तर गणेशजी हट्नुहुत्र । तब दुबैजना बीच युद्ध हुन्छ । युद्धमा क्रोधित भएर शिवजीले वालगणेशको शिर धडबाट अलग गरिदिनुहुन्छ ।

जब पार्वतीले शिवजीले यस्तो कार्य गरेको थाहा पाउँदछ विलाप र क्रोधबाट प्रलय सृजना गरेर भन्दछिन् कि तिमीले मेरो पुत्रलाई मार्यौ । माताको रौद्ररुप देखेर शिवजीले एउटा हात्तीको शिर गणेशजीको धडमा जोडिदिएर गणेशजीलाई पुनः जिवीत गरिदिनुहुन्छ । त्यसैबेलादेखि गणेशजीको टाउको हात्तीकोजस्तो हुन थाल्यो र त्यसैबेलादेखि गणेशजीलाई गजानन गणेशको रुपमा पुजिन थालियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु