२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ४ जनाको मृत्यु

थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ४ जनाको मृत्यु

कोरोना संक्रमण बढ्दो

कोरोना परिक्षण नतिजा

पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५३ रहेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु