२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ सामसुङको यस्तो अचम्मको एप, जसले आइफोनलाई ग्यालेक्सीफोन बनाइदिन्छ

सामसुङको यस्तो अचम्मको एप, जसले आइफोनलाई ग्यालेक्सीफोन बनाइदिन्छ

iTest नामक एपले कुनै पनि आइफोनलाई एन्ड्रोइड बनाउँछ

स्मार्टफोन प्रयोगकर्ताहरुका लागि एप्पलको आइफोन र सामसुङको ग्यालेक्सी फोनमध्ये रोज्न लगाइयो भने अधिकांसले आइफोन नै रोज्लान् । आइफोन छाडेर ग्यालेक्सी फोन चलाउने मानिसहरु कमै होलान् । तर यहीँ यथार्थका बाबजुत सामसुङले एउटा यस्तो एप ल्याएको छ जसले आइफोनलाई ग्यालेक्सी फोनमा परिणत गर्नेछ ।

सामसुङका अनुसार यो एपको प्रयोगबाट फोन परिवर्तन नगरिकनै आइफोन प्रयोगकर्ताले सामसुङको थोरै भए पनि स्वाद लिन पाउनेछन् । सामसुङले भनेको छ- हामीले सबै फिचरहरु जस्ताको तस्तै ल्याउन त सक्दैनौँ तर तपाइँले देख्नुहुनेछ कि एकबाट अर्कोमा परिवर्तन गर्न खासै गाह्रो हुनेछैन ।

iTest नामक उक्त एपले कुनै पनि आइफोनमा एन्ड्रोइड, खासगरी सामसुङ ग्यालेक्सी फोनमा जस्तै फिचरको अनुभव दिलाउँदछ । यो एउटा वेब एप हो ।

जब आइफोनमा आइटेस्ट वेबसाइट लगअन गरिन्छ तब आइफोनको होमस्त्रिmनमा एक आइकन थप गर्ने सन्देश प्राप्त हुन्छ । आइफोनको होम स्क्रिनमा आइटेष्ट आइकन राखेसँगै त्यो अन्य एपजस्तै खुल्दछ र जसले आइफोनमा एन्ड्रोइडको जस्तै इन्टरफेसका साथै ग्यालेक्सी फोन चलाउँदाको जस्तो अनुभव प्रदान गर्दछ ।

साथै त्यहाँ एयउगबिच बउउक नामक फोल्डर पनि हुन्छ । उक्त फोल्डर खोल्दा थप नयाँ सन्देश देखिन्छ । जसमा लेखिएको हुन्छ- चिन्ता नलिनुस्, यहाँ तपाईंलाई मन पर्ने सबै एपहरु उपलब्ध छन् । किनकि इमान्दारितापूर्वक भन्नुपर्दा तीमध्ये अधिकांस गुगलका प्रडक्ट हुन् र हामी उनीहरुका असल मित्र हौँ ।

सामसुङका लागि यो एप निकै फलदायी हुने देखिन्छ । किनकि आइफोनमै यो एपबाट सामसुङ ग्यालेक्सीका केही फिचरहरु प्रयोग गर्न पाइन्छ । वेब मार्फत् नै ग्यालेक्सी स्टोरमा गएर थिम चेन्ज गर्नेदेखि सामसुङको क्यामरा एपको समेत अनुभव गर्न पाइनछ।

सामसुङको यो नयाँ वेब एप हाल न्युजिल्याण्डबाट परीक्षणको रुपमा रहेको बताइएको छ । तर संसारका सबै आइफोन प्रयोगकर्ताले यो एप हाल प्रयोग गर्न पाउँदछन् ।

यो वास्तवमा गज्जबको एप हो, जसले आइफोनमै एन्ड्रोइडको स्वाद प्रदान गर्दछ । आइफोनमा एन्ड्रोइडको मज्जा लिनु छ भने यो एप खोल्न सकिन्छ । तर यदि आइफोनमै फर्किन छ भने एप बन्द गरे पुग्दछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु