२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ मेरो शेयरको वेबसाईट र एप अपग्रेड हुँदै

मेरो शेयरको वेबसाईट र एप अपग्रेड हुँदै

केही दिनमै व्यापक सुधार हुने

अब मेरो सेयरको वेबसाईट केही परिवर्तन भएर आउने भएको छ । सिडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले प्रयोगकर्तालाई केहि दिनमा थप सहज अनुभुति हुनेगरी मेरोसेयरको वेबसाईट अपग्रेड भईरहेको बताएको हो ।सीडीएससीले आईतबार एक सूचना जारी गर्दै ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको बताएको हो । अपग्रेड भएपछि अब ‘मेरो सेयर’ मा पहिलेजस्तो प्राविधिक समस्या नआउनेसमेत सीडीएससीको दाबी छ ।

केहिदिन अघि सीडीएससीका प्रमुख कार्यकारी पुर्ण प्रसाद आचार्यले यसको अपग्रेड भईरहेको बताएका थिए । उनले अबको एक हप्तामा मेरोसेयरको सफ्टवेयरमा कुनै समस्या नदेखिनेसमेत दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु