२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ घर वरिपरि यी बिरुवा रोप्नाले हुन्छन् यस्ता फाइदाहरु

घर वरिपरि यी बिरुवा रोप्नाले हुन्छन् यस्ता फाइदाहरु

जानिराखौँ कुन-कुन बिरुवाको के फाइदा

घरमा बोटबिरुवा लगाउनाले हरियालि त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मम प्रभाव पर्दछ तर घरमा कस्ता बोटबिरुवाहरु मात्र लागाउनु पर्छ? भन्ने कुरामा भने जानकार हुनु जरुरी छ । वास्तु शास्त्रको हिसावले घरमा यस्ता बिरुवा लगाउनु शुभ र फाइदजनक हुन्छ ।

१)लिलिको बिरुवाः लिलिको बारेमा त तपाइहरुलाइ थाहा नै छ होला यसलाइ घरमा राख्नु अत्यन्त राम्रो र शुभ मानिन्छ यसले घरमा शांति को माहोल बानाउँछ यसैले यो बिरुवालाइ बैठक कोठमा वा ध्यान गर्ने कोठामा राख्नु उचित मान्निछ ।

२)बाम्बु को बिरुवाः हरियो रगंको यो बिरुवालाइ रातो धागोले बाँधेर घर वा अफिसमा राख्न् उचित मानिन्छ , यसले आर्थिक स्थिति बलियो बनाउनुको साथसाथै परिवारको सदस्यको आयुमा बृद्धि हुन्छ, यो बिरुवा जुन गमलामा वा डालिमा लगाउनु हुन्छ त्यसमा पानि या ढुँगा राख्न नर्बिसिनुहोला ।

३)रबर प्लान्टसः यो बिरुवा लाइ त्यस ठाउँमा राख्नु उचित मानिन्छ जहाँ धन सम्पति राखिन्छ , यो बिरुवालाइ धन बृद्धि को प्रतिक मानिन्छ यसैले यसलाइ व्यावसाय लगानि गरेको ठाउँमा या अफिसमा राख्नु उचित मानिन्छ ।

४)जेड प्लान्टसः बिरुवालाइ पनि एकदमै शुभ बिरुवा मानिन्छ यसलाइ कार्यस्थलमा राख्नाले धन लाभ हुनुको साथसाथै सुख र समृद्धि पनि प्राप्त हुन्छ, यो बिरुवालाइ ढोकाको छेउमा लगाउनु राम्रो मानिन्छ तर यो बिरुवा लगाउँदा ध्यान दिनु पर्ने के छ भने यो बिरुवा एक मिटर भन्दा लामो नहोस ।

५)चाइनिज फुलः फेंगशुई को अनुसार चाइनिज फुल नया सुरुवात को प्रतिक मानिन्छ यसलाइ घरमा लगाउनाले सुख समृद्धि प्राप्त हुन्छ , खासगरि यो बिरुवाले बैबाहिक जिवनमा खुसियालि ल्याँउछ त्सैले यसलाइ घरको बैठा कोठामा या किचनमा लगाउनु राम्रो मानिन्छ ।

६)तुलसिः तुलसी निकै महत्वपुर्ण जडिबुटी हो । घरमा कुनै पनि नकारात्मक उर्जा छ भने यो बिरुवाले उक्त उर्जा हटाइ सकारात्मक उर्जा दिन्छ । बैज्ञानिक हिसाबले पनि तुलसिलाइ अक्सिजनको स्रोत मानिन्छ त्यसैले यो बिरुवा घरको लागि अत्यन्त शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु