२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ म्यानमार सेनाले एकैदिन ८० बढी प्रदर्शनकारी मा*रेको म्यानमारका मिडियाको दाबी

म्यानमार सेनाले एकैदिन ८० बढी प्रदर्शनकारी मा*रेको म्यानमारका मिडियाको दाबी

सेनाले सत्ता हातमा लिएयता हालसम्म ६१८ जना प्रदर्शनकारीको ह*त्या

म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् ।

म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएकाे हाे । स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कुविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको उल्लेख गरेको छ । सेनाले प्रदर्शनकारीमाथि ग्रिनेड बन्दुक प्रयोग गरेको थियो ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिबार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार बिहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । म्यानमारका सामाजिक सन्जालहरुमा लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् । एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६१८ जना प्रदर्शनकारीको हत्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ । म्यानमारको जुन्ता सरकारका प्रवक्ता मेजर जनरलले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेनाको तर्फबाट २४८ जना नागरिक र प्रदर्शनकारीबाट १६ जना प्रहरी मारिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु