२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ गुल्मीमा मोटरसाइकल दुर्घटना, गयो एक जनाको ज्यान

गुल्मीमा मोटरसाइकल दुर्घटना, गयो एक जनाको ज्यान

२८ चैत, गुल्मी । गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका – ७ मा लु २३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा गरेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु