२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ आइपिएल अपडेट : अन्तिम बलमा बैंगलोरले मुम्बइलाई २ विकेटले हरायो

आइपिएल अपडेट : अन्तिम बलमा बैंगलोरले मुम्बइलाई २ विकेटले हरायो

बैंगलोरको बिजयी सुरुवात

रोयल च्यालेन्जर्स बैंलोरले मुम्बई इन्डियन्सलाई हराउँदै १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरूवात गरेको छ । शुक्रबार सम्पन्न उद्धघाटन खेलमा बिराट कोहली कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्समाथि खेलको अन्तिम बलमा २ विकेटको रोमान्चक जित हात पार्दै विजयी सुरुवात गरेको हो।

चेन्नाईको एमए चिदम्बरम रंगशालामा १६० रनको मध्यम लक्ष्य पछ्याएको बैंगलोरले खेलको अन्तिम बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। बैंगलोरका लागि एबी डी भिल्लियर्सले सर्वाधिक ४८, ग्लेन म्याक्स्वेलले ३९ तथा कप्तान बिराट कोहलीले ३३ रन बनाएका थिए।

वासिङ्टन सुन्दरले १० रन जोड्दा रजत पटिदारलाई ८ रनमा बोल्ड भएका थिए । ४६/२ को स्थितिबाट कोहलीले ग्लेन म्याक्स्वेलससँग ५२ रनको अर्धशतकीय साझेदारी गर्दै बैंगलोरको इनिंग्स उकासेका थिए।

बैंगलोरलाई जितका लागि अन्तिम २ ओभरमा १९ रनको आवश्यकता रहेको थियो। जस्प्रित बुम्राहले १९ औं ओभरमा २ चौकासहित १२ रन खर्चिएपछि बैगलोरलाई जितका लागि अन्तिम ओभरमा ७ रनको खाँचो रहेको थियो। मार्को जान्सेनले गरेको अन्तिम ओभरको पहिलो बलमा एबि डी भिल्लीयर्सले १ रन लिए। त्यसपछि क्रिजमा नयाँ आएका हर्षल पटेलले २ रन लिए। तेस्रो बलमा पटेलले १ रन लिँदै एबि डी भिल्लीयर्सलाई स्ट्राइक दिए। त्यसपछि चौथौं बलमा २ रन लिन खोज्दा एबि डी भिल्लीयर्स रन आउट हुन पुगे।

बैंगलोरलाई जितका लागि अन्तिम २ बलमा २ रनको आवश्यकता रहँदा मोहम्मद सिराजले पाँचौ बलमा १ रन तथा अन्तिम बलमा हर्षल पटेलले १ रन लिंदै बैंगलोरलाई रोमान्चक जित दिलाए । मुम्बईका लागि बलिंगमा जस्प्रित बुम्राह र मार्को जान्सेनले समान २-२ तथा क्रुनाल पान्ड्या र  ट्रेन्ट बोल्टले समान १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनायो।

मुम्बईका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए। यस्तै सूर्यकुमार यादवले ३१, इशान किशनले ३१, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पांड्याले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका लागि दायाँ हाते पेसर हर्षल पटेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। पटेललाई यो सिजन बैंगलोरले टिममा भित्र्याएको हो जसले यस अघिको सिजन दिल्लीबाट खेलेका थिए। यस्तै कायल जेमिसन र वासिंगटन सुन्दरले समान १-१ विकेट लिए भने युजभेन्द्र चहल र मोहम्मद सिराज विकेटविहिन रहे।

लिग अन्तर्गत दोस्रो खेलमा शनिबार महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले ऋषभ पन्त कप्तानीको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे मुम्बई स्थित वानखाड़े स्टेडियममा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु