२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ सिंगटी हाइड्रोको आईपीओ जम्मा दुई लाख ६९ हजार ७ सय

सिंगटी हाइड्रोको आईपीओ जम्मा दुई लाख ६९ हजार ७ सय

१२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन्

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले जम्म १० कित्ताका दरले हात पारे ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।लाइ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु