२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ वेलायतकी महारानीका श्रीमान राजकुमार फिलिपको ९९ निधन

वेलायतकी महारानीका श्रीमान राजकुमार फिलिपको ९९ निधन

महारानी एलिजाबेथद्वारा गहिरो दु:ख व्यक्त

वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु