२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ आइपिएलको १४ औँ संस्करण सुरु हुने

आइपिएलको १४ औँ संस्करण सुरु हुने

कोरोना संक्रमणबिचमा आइपिएल

कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुने भएको छ ।

शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना हुने कि नहुने भन्ने अन्यौल थियो । प्रतियोगिताका खेल खेलाइने ६ शहरहरुमध्ये धेरैजसो कोरोना संक्रमणको चपेटामा परेका छन् ।

यद्यपि आईपीएल सुरक्षित रुपमा खेलाउन आवश्यक सबै तयारी गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु