२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पोलस्टारले विश्वकै पहिलो ‘कार्बन न्युट्रल’ विद्युतीय कार उत्पादन गर्ने

पोलस्टारले विश्वकै पहिलो ‘कार्बन न्युट्रल’ विद्युतीय कार उत्पादन गर्ने

विश्वमा विद्युतीय कारको लोकप्रियता बढ्दो

Generated by pixel @ 2021-04-06T13:12:46.587759

पोलस्टारले अबको दस वर्षभित्र विश्वकै पहिलो ‘कार्बन न्युट्रल’ विद्युतीय कार उत्पादन गर्दैछ। यो कार्बन न्युट्रल कार भनेको बाहिरी वातावरणमा कत्ति पनि कार्बनडाइअक्साइड ननिकाल्ने हो। कम्पनीले सन् २०३० सम्ममा ‘पोलस्टार जिरो’ नामक कार्बन न्युट्रल बिजुली कार उत्पादन गर्ने लक्ष्य राखेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

स्वीडेनको इलेक्ट्रिक कार निर्माण कम्पनी पोलस्टारले शून्य प्रदूषणको विद्युतीय गाडी बनाउने पहिलो कम्पनीका रूपमा चिनाउन लागिपरेको छ। यो कारले कार्बनको नामनिसान पनि नछाड्ने कम्पनीको दावी छ।

पोलस्टार भोल्भो र यसको मूल कम्पनी गिल्लीको मोडल हो। यसले यो दशकको अन्त्यसम्ममा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेको छ र यसका लागि कार बनाउने तरिका पूर्ण रूपमा बदल्ने बताएको छ। विश्वमा विद्युतीय कारको लोकप्रियता बढ्दो छ। धेरै देशले यसको प्रवर्द्धन गर्दै आगामी केही वर्षमा पेट्रोल-डिजेल इन्जिन पूर्णरूपमा प्रतिबन्ध गर्ने घोषणा पनि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु