२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा मात्रै १९९ संक्रमित

पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा गरिएको परीक्षणमा ३३२ जना संक्रमित भेटिएका हुन् । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।  यो सँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु