२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ सर्वोच्चको फैसलाले नेता कार्यकर्तालाई नआत्तिन नेता नेपालको आग्रह

सर्वोच्चको फैसलाले नेता कार्यकर्तालाई नआत्तिन नेता नेपालको आग्रह

सर्वोच्चको फैसलाले ओलीलाई वैधानिकता दिएपछी

माधवकुमार नेपाल, वरिष्ठ नेता ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

मंगलबार आफ्नो समूह निकट वाग्मती प्रदेश कमिटीको वैठकलाई सम्बोधन गर्दै नेता नेपालले आयोगले केपी ओलीको निर्णयलाई वैधानिकता दिए नआत्तिन आग्रह गरेका हुन् । समस्या आएमा समाधान पनि निकाल्ने भन्दै उनले भने, “तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइछाड्ने छौं । लक्ष्यसम्म पुगिछाड्ने छौं । आत्तिनुपर्ने केही छैन ।” सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु