२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना निको भएका एक तिहाइलाई देखियो मस्तिष्क सम्बन्धि समस्या

कोरोना निको भएका एक तिहाइलाई देखियो मस्तिष्क सम्बन्धि समस्या

हरेक ३ जनामा १ जनालाई मस्तिष्क समस्या

कोरोनाभाइरसको संक्रमण भएर निको भएका तीन जनामध्ये एक जनालाई मानसिक र मस्तिष्कसम्बन्धी समस्या देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

मंगलबार ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले निको भएकाहरूमध्ये ३४ प्रतिशतले संक्रमित भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी/ मानसिक समस्याको उपचार गरेको देखिएको उल्लेख गरेका छन्।

त्यसमध्ये सबैभन्दा धेरैलाई एन्जाइटी (डर/चिन्ता) भएको छ। कोरोनाबाट निको भएका १७ प्रतिशतलाई एन्जाइटी भएको देखिएको छ भने १४ प्रतिशतलाई मुड (मनोदशा) बदलिरहने समस्या भएको अध्ययनमा उल्लेख छ। संक्रमणपछि अस्पताल भर्ना भएर उपचार गरेकाहरूलाई मस्तिष्कसम्बन्धी समस्या जटिल भए पनि घरमै बसेर निको भएकाहरूलाई पनि यो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु