२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ ओलीलाई हटाएर सरकार कब्जा गर्ने प्रचण्डको अभिव्यक्ती

ओलीलाई हटाएर सरकार कब्जा गर्ने प्रचण्डको अभिव्यक्ती

काठमाडौँ, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले रुकुममा आयोजित विशाल आमसभालाई सम्बोधन गर्न क्रममा कर्णाली प्रदेशको सरकार बचाउन आफू लागिपरेको बताएका छन् । कर्णालीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन्। उनलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता गरेको छ भने मन्त्रीहरूले राजीनामा दिएका छन्।मंगलबार रूकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँ आयोजित जन प्रशिक्षणमा बोल्दै आफ्नो पार्टीको सरकार बचाउन लागिपरेको बताए। ‘प्रदेशमा हाम्रो सरकार थियो, अपदस्त गर्ने कोसिस भएको छ,’ उनले भने, ‘म लागिरहेको छु सकेसम्म हाम्रो नेतृत्वको सरकार बचोस्। हामी अहिले पनि छलफलमा छौं। यो कार्यक्रमपछि पनि छलफल गर्छौं। तर यदि सबै मिलेर अपदस्त गर्ने स्थिति बन्यो भने पनि हामी अपदस्त हुँदैनौं।’उनले प्रमुख प्रतिपक्षी भएर बस्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु