२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रधानमन्त्रीमा महन्थ ठाकुरको दाबी

प्रधानमन्त्रीमा महन्थ ठाकुरको दाबी

रोचक मोडमा सत्ता संघर्ष

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको नेतृत्व दाबी गरेका छन् । ठाकुरको दाबीले सत्तासंघर्ष रोचक मोडमा पुगेको छ । नेपाली काँग्रेसले सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेपछि ठाकुर असन्तुष्ट बनेका छन् । उनले निर्णायक शक्ति भएकाले सरकारको नेतृत्वको दाबी नछाड्ने अडान लिएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ठाकुरले जसपाले सरकारको नेतृत्व लिने विषय राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ठाकुरनिकट नेता राजकिशोर यादवले पनि सधै अरुलाई सरकार बनाउन सहयोग गर्दै आएको स्मरण गराउँदै अब आफूहरुले नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् । जसपाको दाबीले सत्ता संघर्षले रोचक तरिकाले समिकरण बन्ने सम्भावना बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु