२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कलाकार दिपाश्री र सरोज खनालको फेसबुक ह्याक गर्ने १४ बर्षिय बालक पक्राउ

कलाकार दिपाश्री र सरोज खनालको फेसबुक ह्याक गर्ने १४ बर्षिय बालक पक्राउ

प्रहरीले गर्‍यो पक्राउ

  1. हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाललगायतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।दीपाश्रीलगायतले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा खटिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ । गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे हुँदै दीपाश्री निरौला, सरोज खनाल लगायतको फेसबुक ह्याक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु